https://merorachana.com/uploads/post/1675511788.png

दस अक्षरका टुक्काहरु

१. मायालु हेराइ मन्द हाँसो,

कोमल मनको भयो पासो।

२. राम्रो लाग्यो मायालु हाँसेको,

माया गर्दै खुसी भै नाचेको।

३.भोक, प्यास, नीद सबै भाग्ने

मायाको मिठास प्यारो लाग्ने।

४.प्यारो नाता आज खै के भयो,

आँसु नदी भेल बन्दै गयो।

५. भोग्दै छू अनेकौं व्यथाहरु

लेख्दै छु पीडाका कथारू।

-ताराप्रसाद चापागाईँ(टुक्का दुई हरफका कवितासंग्रह)

Leave a Comment

Ramanand Sharma 1 month ago

❤️😍