
वेश्या
वेश्या भन्छन् सहरमा नाम चलेकै छ
जसरी नि बाँच्नु न हो काम चलेकै छ
राजादेखि रैतीसम्म सेवक बनेर
दिन्छु भन्छन् मागेजति दाम चलेकै छ
नजरले झट्का दिँदा मदहोसी बन्दै
भरिदिन्छन् रे यो रित्तो खाम चलेकै छ
म मातकी रानीमा बिछ्याउँछन् जवानी
पूजा हुन्छ मेरै नाममा धाम चलेकै छ
साधु, सन्त, कर्मचारी मेरै भिख माग्छन्
शरण पर्ने हुँदासम्म तमाम चलेकै छ |