https://merorachana.com/uploads/post/1675488342.png

खान मन छैन

खान मन छैन भन्नुभन्दा उपयुक्त बहाना छैन

थाहा छ कसौडीमा आमालाई पुग्ने खाना छैन ।

जसलाई बाटो छाडदा म लडे, उही हासेर गयो

महोदय ! अरूको भलो चिताउने त जमाना छैन ।

फुटपाथमा लुगा बेच्नेहरूलाई जरिवाना छ यहाँ

कलिला नानीको लुगा च्यात्नेलाई जरिवाना छैन ।

बगर हुँ, उसको पैतालाको डोब अझै छ छातीमा

ऊ पानी रहेछ, जहाँ म बसेको कुनै निसाना छैन ।

भितो लड़ने डर पनि सकिन्छ एक बर्खापछि

अब हुरीको डर सकियो हिजोदेखि छाना छैन ।

-प्रदीप रोदन( मफलर बाट )

Leave a Comment

Ramanand Sharma 7 months ago

Aati ramaniya ❤️

Ganesh Thapa 7 months ago

waha